नेपाली कांग्रेसमा एकता: मीन विश्वकर्माले गरे उम्मेदवार नबन्ने घोषणा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा जाने सकारात्मक वातावरण बनेको बताएका छन्।
उनले विभाजित परिस्थितिमा पनि पार्टीका सदस्यहरू एउटै चुनाव चिन्ह (रूख) लिएर चुनाव मैदानमा उत्रन तयार भएको बताउँदै यसलाई “भगीरथ प्रयासका सकारात्मक संकेत” भने। सुनसरी–१ बाट उम्मेदवार बन्न सिफारिस भए पनि विश्वकर्माले व्यक्तिगत निर्णय अनुसार चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
उनले अहिलेको विश्व राजनीति र नेपालका नागरिकले चाहेको नयाँ राजनीतिक ढाँचामा नयाँ पुस्तालाई अवसर दिनु आवश्यक रहेको बताएका छन् ।












