गोरखा–१ मा रास्वपाको उम्मेदवार सुदन गुरुङ, आज मनोनयन दर्ता गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सुदन गुरुङलाई उम्मेदवार बनाउने भएको छ।
‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संयोजक तथा जेनजी अगुवा गुरुङले रास्वपाको तर्फबाट चुनाव लड्ने तय भएको हो।
उम्मेदवारी दर्ताका लागि गुरुङले आज बिहान ९ बजे गोरखकाली मन्दिरमा पूजा गरेपछि ११ बजे जिल्ला निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरिनेछ।
युवा अभियान र नागरिक पहलमा सक्रिय गुरुङको उम्मेदवारीलाई गोरखा–१ मा वैकल्पिक राजनीतिका रूपमा हेरिएको छ। परम्परागत दलहरूको पकड रहेको क्षेत्रमा रास्वपाले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार अघि सारेको जनाएको छ ।












