कांग्रेसले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍यायो, १४० क्षेत्रमा नाम टुंगियो

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसले उम्मेदवार छनोट अन्तिम चरणमा पुर्‍यायो, १४० क्षेत्रमा नाम टुंगियो

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुर्‍याएको छ।

पार्टी संसदीय बोर्डले १६५ निर्वाचन क्षेत्रमध्ये १४० क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

चालिसेका अनुसार उम्मेदवार चयन गर्दा २०७९ सालको निर्वाचनमा निर्वाचित सांसदहरूलाई प्राथमिकता दिइएको छ। आन्तरिक छलफल र सहमतिका आधारमा उम्मेदवारी तय गरिएको भए पनि केही क्षेत्रमा अझै निर्णय हुन बाँकी रहेको उनले स्वीकार गरे।

‘केही सिटमा पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ, केही क्षेत्रको सिट होल्ड गरिएको छ र केही निर्णय हुन बाँकी छन्,’ उनले बताए। उनका अनुसार टाढाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूले टिकट बुझिसकेका छन् भने नजिकका क्षेत्रमा यातायातको समय मिलाएर टिकट वितरण गर्ने तयारी भइरहेको छ।

धनकुटा – दिनेश राई
पाँचथर – नरेन्द्र केरुङ
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
तेह्रथुम – सन्तोष सुब्बा
इलाम १ – निष्कल राई
इलाम – २ भेषराज आचार्य 
उदयपुर १ – विदुर बस्नेत
उदयपुर २ – रामकुमार राई
मोरङ ३ – सुनिल शर्मा
खोटाङ – वीरकाजी राई 
ओखलढुंगा – रामहरि खतिवडा
सोलुखुम्बु –  प्रकाश कार्की
पाल्पा १ – सन्दिप राना
पाल्पा २ – हिमालदत्त श्रेष्ठ
गोरखा १ – प्रेम खत्री
खोरखा २ – प्रकाश दवाडी
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेन्द्र गौचन
बाग्लुङ २ – टेकराज पौडेल
म्याग्दी – केबी भण्डारी
रोल्पा – डा। सुदनकुमार वली
दाङ १ – योगेन्द्र चौधरी
दाङ २ –किशोर घिमिरे
दाङ ३ होल्ड
पूर्वरुकुम – कुसुम थापा मगर
प्यूठान –डा। गोविन्दराज पोखरेल
दैलेख– १ दिक्पाल शाही
दैलेख– २ बासना थापा
कालिकोट – हर्षबहादुर बम
डोल्पा – कर्णबहादुर शाही
जुम्ला – दीप बहादुर शाही
हुम्ला – जयपति रोकाय
मुगु – ऐनबहादुर शाही
सल्यान – केशव विष्ट
अछाम १ – भरत स्वाँर
अछाम २ – पुष्प शाह
बाजुरा – जनक गिरी
बैतडी – चतुरबहादुर चन्द
डोटी – भरतबहादुर खड्का
ललितपुर १ – उदयशम्शेर राणा
काठमाडौं –६ सबुज बानियाँ
पर्वत – अर्जुन जोशी
तनहुँ १ – गोविन्द भट्टराई
तनहुँ २ – शंकर भण्डारी
पाल्पा १ –
पाल्पा २ – हिमाल श्रेष्ठ
गल्मी १ –चन्द्र भण्डारी 
गुल्मी २ – भुवन श्रेष्ठ
कञ्चनपुर –२ एनपी साउद
कञ्चनपुर १ – गोपी उपाध्याय
कञ्चनपुर ३ होल्ड
कैलाली १ –जनकराज चौधरी
कैलाली २ – विजय स्वार
कैलाली ३ – भरत बडुवाल
कैलाली ४ – वीरबहादुर बलायर
कैलाली ५ – नरनारायाण शाह
दार्चुला – धर्मानन्द जोशी
डडेलधुरा – होल्ड
बझाङ – प्रकाश स्नेही
बारा ३ – फरमुल्लाह मन्सुर
धनुषा १ – मुक्ता कुमारी यादव
धनुषा ३ – विमलेन्द्र निधि 
ललितपुर–१ उदय शमशेर राणा
नुवाकोट १ – डा। प्रकाशशरण महत
नुवाकोट २ – जगदिश्वरनरसिंश केसी 
काभ्रे २ – मधु आचार्य
दोलखा – अजयबाबु सिवाकोटी
सुर्खेत २ – नारायण कोइराला
सुर्खेत १ –होल्ड
भोजपुर  – बालकृष्ण थापा
लमजुङ – गमप्रसाद गुरुङ
स्याङजा १ – भरत ढकाल
स्याङजा २ –भागवतप्रकाश मल्ल
बागलुङ १ – भिम शिरिष
बागलुङ २ – टेकराज पौडेल
रुपन्देही २ – चुन्नुप्रसाद पौडेल
रुपन्देही ३ – सुशील गुरुङ
नवलपरासी १ – विनोद चौधरी
नवलपरासी २ – देवेन्द्र कँडेल
सुनसरी ३ – विजय गच्छदार
सुनसरी ४ –ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी १ – रामदेव साह 
सप्तरी २ रामकुमार यादव 
सप्तरी ३ दिनेश यादव 
सप्तरी ४ तेजुलाल चौधरी
सिन्धुली १ – उज्जव बराल
सिरहा १ – रामसुन्दर चौधरी
पर्वत – अर्जुन जोशी