धमलाले पत्रकारिता छोडे, रौतहट–४ मा उम्मेदवारी दिदै

User Image Prime TV News एक महिना अगाडि
Image of धमलाले पत्रकारिता छोडे, रौतहट–४ मा उम्मेदवारी दिदै

काठमाडौ । लामो समय टेलिभिजन पत्रकारितामा सक्रिय रहेका ऋषि धमलाले औपचारिक रूपमा पत्रकारिता त्याग्दै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्।

उनले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन्।

धमला सोमबार नै मनोनयन दर्ताका लागि रौतहट प्रस्थान गरेका छन्। आम जनता पार्टीले उनलाई रौतहट–४ को उम्मेदवारका रूपमा अघि सारेको हो ।