महाविर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट दिए राजीनामा

User Image Prime TV News एक महिना अगाडि
Image of महाविर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट दिए राजीनामा

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको जानकारी दिएका हुन्। फेसबुकमा लेख्दै पुनले आफ्नै अभियानमा सक्रिय रूपमा लाग्नका लागि मन्त्री पदबाट अलग हुने निर्णय लिएको उल्लेख गरेका छन्। 

पुनले लामो समयदेखि प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्दै आएका छन्। मन्त्री पद सम्हालेपछि पनि उनले शिक्षा र प्रविधिको विकासमा केन्द्रित कार्यक्रमहरू अघि बढाउँदै आएका थिए। यस अघि सुशीला कार्की नेतृत्वमा रहेका दुई जना मन्त्रीहरुले राजीनामा दिई सकेका छन् ।