डा. शेखर कोइराला मोरङ–६ वाट चुनाव लड्दै

User Image Prime TV News एक महिना अगाडि
Image of डा. शेखर कोइराला मोरङ–६ वाट चुनाव लड्दै

काठमाडौ । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान बसेको बैठकमार्फत मोरङका उम्मेदवारहरू अन्तिम रूपमा चयन गरेको हो। पार्टीका अनुसार मोरङ–१ बाट खड्ग फागो उम्मेदवार बनेका छन् भने मोरङ–२ मा डा. मिनेन्द्र रिजाललाई टिकट दिइएको छ। मोरङ–३ बाट डा. सुनिल शर्माले पुनः उम्मेदवारी पाएका छन्।

त्यस्तै मोरङ–४ मा हालै नवनिर्वाचित कांग्रेस महामन्त्री गुरूराज घिमिरे उम्मेदवार बनेका छन्। मोरङ–५ बाट फूलकुमार लावतीलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाइएको छ भने मोरङ–६ मा नेता डा. शेखर कोइरालाले निर्वाचन लड्ने भएका छन्।

उम्मेदवार टुंग्याएसँगै कांग्रेसले मोरङमा चुनावी अभियानलाई थप सक्रिय बनाउने तयारी गरेको छ।