काठमाडौं–५ मा कमल थापा चुनावी मैदानमा, मनोनयन दर्तासँगै प्रतिस्पर्धा तीव्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज बिहान निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा मनोनयन दर्ता गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपामा समाहित भएपछि थापालाई पार्टीले काठमाडौं–५ को उम्मेदवारका रूपमा अघि सारेको हो। पार्टी एकीकरणपछिको यो पहिलो संसदीय निर्वाचन भएकाले पनि थापाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा काठमाडौं–५ मा राजनीतिक गतिविधि बढ्दै गएको छ। अन्य दलका उम्मेदवारहरू पनि मनोनयन दर्ता गर्ने तयारीमा जुटेका छन् भने निर्वाचन कार्यालयमा चहलपहल बढेको छ।












