महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिए
Prime TV News एक महिना अगाडि 
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनले आजै मन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दी पुगेर मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले पुराना राजनीतिक दलहरूले लामो समयसम्म पनि अपेक्षित काम गर्न नसकेको आरोप लगाए। उनले भने, “पुरानाले त ३५ वर्षसम्म केही गरेनन्। नयाँले केही गर्छन् कि भन्ने आशा छ, यिनले के गर्छन् अब पछि थाहा हुन्छ।”
आफू हाल कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको स्पष्ट पार्दै उनले स्वतन्त्र रूपमा राजनीति गर्ने संकेत गरे। “म अहिले कुनै पनि पार्टीको कुरा सुन्दिनँ। पुच्छर हुँदिनँ,” पुनले भने। उनको उम्मेदवारीलाई म्याग्दीमा चासोका साथ हेरिएको छ।












