सिन्धुपाल्चोकमा नेकपाका उम्मेदवारले सांस्कृतिक पहिरनमा मनोनयन दर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of सिन्धुपाल्चोकमा नेकपाका उम्मेदवारले सांस्कृतिक पहिरनमा मनोनयन दर्ता

काठमाडौ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले सांस्कृतिक पहिचान झल्किने परम्परागत पोसाकमा मनोनयन दर्ता गरेका छन्।

नेकपाले जिल्लाका सबै उम्मेदवारलाई एउटै शैलीको परम्परागत पहिरनमा चुनावी मैदानमा उतारेको हो। जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू दौरा–सुरुवाल र साडी चोलीमा सजिएर मनोनयन दर्तास्थल पुगेका छन्।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा 'सुबोध' र क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल 'शरद' ले दौरा सुरुवाल लगाएका थिए। त्यस्तै, समानुपातिकतर्फकी उम्मेदवार भगवती नेपाल साडी चोली र लालकान्छा तामाङ परम्परागत पहिरनमा देखिएकी छन्।