राजनाथ पाण्डे काठमाडौ–३ बाट उम्मेदवारी दर्ता, स्वतन्त्र पार्टीको प्रतिनिधि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजनाथ पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार बिहान पाण्डे आफ्ना पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनका प्रस्तावक उज्ज्वल सापकोटा बचन र समर्थक विश्वराज रिजाल रहेका थिए। सो क्षेत्रबाट पाण्डे भन्दा अघि प्रगतिशील लोकतान्त्रिक पार्टी, जसपा, मंगल नेशनल र तीन स्वतन्त्र उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरिसकेका छन्।
यसरी प्रतिस्पर्धी उम्मेदवारको संख्या बढेपछि काठमाडौँ–३ मा निर्वाचनको माहोल अझै चासोपूर्ण बन्न पुगेको छ।












