महेश बस्नेतले गराए उम्मेदवारी दर्ता, राष्ट्रियता जोगाउने चुनावी एजेन्डा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीको मुख्य चुनावी एजेन्डा राष्ट्रियता जोगाउने रहेको बताएका छन्। मंगलबार भक्तपुर–२ बाट उम्मेदवारी दर्ता गरेपछि उनले पार्टीका लक्ष्य र रणनीति प्रस्तुत गरेका हुन्।
बस्नेतले भने, “फागुन २१ को चुनाव होला कि नहोला भन्ने शंका विभिन्न दलहरूमा थियो। सरकारका गतिविधि र कांग्रेसभित्रको विवादले त्यो शंका थप गर्यो। माघ ६ गतेसम्म दर्ता प्रक्रिया सम्पन्न भएको छ।”
एमालेले विगतका उपलब्धिलाई केन्द्रमा राखेर घोषणापत्र तयार पार्ने उनले बताए। “विदेशीहरूले विभिन्न एनजीओमार्फत हाम्रो राष्ट्रियता कमजोर बनाउने प्रयास गरिरहेका छन्। यस्तो अवस्थामा हाम्रो मुख्य एजेन्डा राष्ट्रियता जोगाउने र वैदेशिक हस्तक्षेप रोक्ने हो,” बस्नेतले भने।












