जुम्लामा प्रलोपाबाट मनऋषि धिताल उम्मेदवार, चुनावी माहोल रोचक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जुम्लामा मनऋषि धिताल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा उम्मेदवारीका लागि चुनावी मैदानमा होमिएका छन्।
पूर्व पत्रकार र लेखक धितालले १० वर्षे सशस्त्र युद्धको समयमा युद्धकालीन पत्रकारिता गरिसकेका छन् भने उनका युद्धकालीन विषयका एक दर्जन पुस्तकहरू प्रकाशित भइसकेका छन्। धिताल सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएका छन् र बौद्धिक वर्गमा परिचित छन्।
यस निर्वाचन क्षेत्रमा अन्य दलबाट प्रतिस्पर्धी उम्मेदवारहरू पनि रहेका छन्। नेपाली कम्युनिष्ट पार्टीबाट नरेश भण्डारी, राप्रपाबाट ज्ञानेन्द्र शाही, एमालेबाट शान्तिलाल महत र रास्वपाबाट विनिता कठायत उम्मेदवार रहेका छन्।
साविक माओवादीको बलियो जनमत रहेको जुम्लामा भण्डारीले ०६४ सालमा प्रतिनिधि सभा र ०७४ सालमा प्रदेश सभा चुनाव जितिसकेका छन्। जुम्ला प्रायः हरेक चुनावमा नेताहरू दोहोर्याउने जिल्ला मानिन्छ । तर धितालको सबैतिर चिनिएको र सालिन व्यक्तित्वले यसपटकको चुनावी मैदानलाई अझ रोचक बनाएको छ।












