केपी ओली झापा–५ बाट उम्मेदवारी, बालेन शाह पनि मैदानमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गरेका छन्।
ओली यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। उक्त क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गरेका छन्। शाहले हालै काठमाडौं मेयर पदबाट राजीनामा दिएर झापा–५ बाट प्रतिनिधि सभा सदस्य बन्न चुनावी मैदानमा प्रवेश गरेका हुन्।
झापा–५ मा ओली र शाहबीचको यो प्रतिस्पर्धाले निर्वाचनको माहोललाई विशेष रूपमा रोचक बनाएको छ।













