मिलन गुरुङ (चक्रे मिलन) गोरखा–२ बाट प्रतिनिधि सभा उम्मेदवार
Prime TV News एक महिना अगाडि 
गोरखा । नेकपा एमालेका नेता मिलन गुरुङ, परिचित नाम चक्रे मिलन, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा–२ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार उनले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन पत्र पेश गरेका हुन्। उनका प्रस्तावकमा प्रेम गुरुङ रहेका छन् भने समर्थकमा बाबुराम थापा छन्।
यस क्षेत्रमा प्रलोपाबाट पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपाबाट लेखनाथ न्यौपाने उम्मेद्वार छन् ।












