श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई सुनसरी–१ बाट प्रतिनिधि सभा उम्मेदवार
Prime TV News एक महिना अगाडि 
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आउँदो प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भएका थिए।
आफ्नो नेतृत्वमा दल दर्ता गराइसकेका राई हाल नगर प्रमुख पदबाट राजीनामा दिई संघीय संसदमा चुनावी यात्रामा लागेका छन्।












