प्रचण्डले गरे रुकुमपूर्वबाट मनोनयन दर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of प्रचण्डले गरे रुकुमपूर्वबाट मनोनयन दर्ता

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुमपूर्व क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै प्रचण्ड हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका छन्। यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए।

राजनीतिक दृष्टिले महत्वपुर्ण मानिने रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ। यस जिल्लामा ३४ हजार ७७२ मतदाता छन् र २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए। त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो।