रमेश मल्लले दिए सल्यानबाट उम्मेद्वारी, युवाको आशा र भरोसालाई सम्बोधन गर्ने प्रतिवद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of रमेश मल्लले दिए सल्यानबाट उम्मेद्वारी, युवाको आशा र भरोसालाई सम्बोधन गर्ने प्रतिवद्धता

सल्यान । नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश मल्लले आगामी प्रतिनिधि सभा चुनावका लागि सल्यानवाट आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

मल्लले निर्वाचन कार्यालयमा गएर आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् । उम्मेद्वारी दर्ता गरेसंगै पत्रकार संग कुरा गर्दै नेता मल्लले आफू सल्यानको समस्यालाई नजिकबाट चिनकेो भन्दै समस्या समाधान गर्न केन्द्रीत हुने बताए ।

आफ्नो उम्मेद्वारी समयको माग संगै युवाको चहाना भएको उल्लेख गर्दै  नेता मल्लले युवाको आशा र भरोसालाई सम्बोधन गर्दै पुरा नभएका कामहरुलाई आफूले जिम्मेवारी पूर्वक पूरा गर्ने बताए । नेकपाले हिजो मात्रै मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

विद्यार्थी राजनीतिबाट उठेका रमेश मल्ल तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रहिसकेका छन्। उनी प्रचण्डको सचिवालयमा समेत काम गरिसकेका छन्। यो रमेश मल्लको पहिलो चुनावी प्रतिस्पर्धा हुनेछ। पार्टीले उनी युवा पुस्ताको नेतृत्व क्षमता र संगठन अनुभवका कारण चुनावी मैदानमा अघि बढाएको बताएको छ।