दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ परेका थिए।
उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ। रिहा पछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले प्रसाईलाई छाडिएको जानकारी दिएका छन्।
प्रसाईले निर्वाचन आयोगमाथि ५२ करोड रुपैयाँ अनियमित खर्च गरेर कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिएको आरोप लगाएका थिए। यो मुद्दाले राजनीतिक र सामाजिक रूपमा चासो बढाएको छ ।













