पर्सा अदालतले माग्यो रवि लामिछाने संग १ करोड धरौटी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रास्वपा सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटी तोकेको छ।
जिल्ला न्यायाधीश रुद्र सुवेदीको इजलासले मंगलबार लामिछानेसँग धरौटी बुझाउन आदेश दिएको हो। यो कदम वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणसँग सम्बन्धित छ। उक्त प्रकरणमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधको अभियोग छ।
जिल्ला सरकारी वकिलले सबै प्रतिवादीविरुद्ध ११ करोड ५६ लाख रूपैयाँ बराबर बिगो मागेका छन्। लामिछानेको पक्षबाट अधिवक्ता डा. नारायण कँडेल र दीपेन्द्र झाले प्रतिरक्षा प्रस्तुत गरेका थिए । अदालतले धरौटी बुझाउने प्रक्रिया उमेदवारी मनोनयनकै दिन वीरगन्जमा सम्पन्न गर्नुपर्ने व्यवस्था पनि तोकेको छ।













