गगन थापाको सन्देश: परिष्कृत कांग्रेससहित देशलाई समुन्नत बनाउने

User Image Prime TV News एक महिना अगाडि
Image of गगन थापाको सन्देश: परिष्कृत कांग्रेससहित देशलाई समुन्नत बनाउने

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नेतृत्वमा पार्टीलाई ‘परिष्कृत कांग्रेस’का रूपमा अघि बढाउँदै देशलाई समुन्नत बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको भोलिपल्ट उनले सामाजिक सञ्जालमार्फत उक्त धारणा सार्वजनिक गरेका हुन्। विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाको नेतृत्वमा बनेको कांग्रेस केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिइसकेको छ।

आयोगको निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। मंगलबार सर्वोच्च अदालतले उक्त रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि थापाको नेतृत्वमाथि देखिएको कानुनी अन्योल अन्त्य भएको छ। यस निर्णयपछि थापाको पहिलो सार्वजनिक प्रतिक्रिया आएको हो।

सभापति थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौँ।’ उनले पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताको अपेक्षाअनुसार नीति र कार्यक्रम अघि बढाउने संकेत गरेका छन्।