एमाले र माओवादीको चुनावी तालमेल: कालीकोटमा प्रकाण्डलाई एमालेको समर्थन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादीबीच केही निर्वाचन क्षेत्रमा गठबन्धन गर्ने सहमति भएको छ।
एमाले महासचिव शंकर पोखरेल र माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भएको छलफलपछि दाङ–२ र कालीकोटमा तालमेल गर्ने निर्णय भएको हो। सहमति अनुसार कालीकोटमा माओवादी प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’लाई एमालेले समर्थन गर्नेछ।
यसअघि कालीकोटमा एमालेले नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको थियो, तर गठबन्धनपछि शाहीले उम्मेदवारी फिर्ता गर्ने र प्रकाण्डलाई समर्थन गर्ने तयारी भएको छ।












