घर जलाउनेहरूलाई हालको सरकारले कारबाही गरेनः एमाले अध्यक्ष ओली

User Image Prime TV News एक महिना अगाडि
Image of घर जलाउनेहरूलाई हालको सरकारले कारबाही गरेनः एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा अरूको घर जलाउनेहरूलाई हालको सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

गृहजिल्ला झापामा जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै उनले वर्तमान सरकारलाई दोष दिएका छन्। ओलीले भने, “अहिलेको सरकार सायद उनीहरूकै हो। त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ। आन्दोलनको नाममा कसैको घर जलाउन पाइँदैन। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। तर कारबाही भएको छैन। समय आएपछि कारबाही हुनेछ।”

उनले देशलाई शान्तिपूर्ण र बस्नयोग्य बनाउनुपर्ने आवश्यकतालाई जोड दिएर वर्तमान सरकारको भूमिकामा प्रश्न उठाएका छन्।