ओलीको दाबीः बालेन शाह झापा–५ मा उम्मेदवार मात्रै, भिजन छैन

User Image Prime TV News एक महिना अगाडि
Image of ओलीको दाबीः बालेन शाह झापा–५ मा उम्मेदवार मात्रै, भिजन छैन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा–५ मा उम्मेदवार मात्र हुने दाबी गरेका छन्। झापा–५ मा आयोजित युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बालेनसँग राष्ट्रिय स्तरको कुनै स्पष्ट भिजन नभएको टिप्पणी गरे।

उनले नयाँ अनुहार भन्दैमा जनताले जिम्मेवारी सुम्पिन नसक्ने बताए। ओलीले उदाहरण दिँदै भने, “बैंकले नोट छाप्दा धितो र जमानीबिना छाप्दैन। त्यसैगरी भोट हाल्दा पनि धितो र जमानी नहुने मान्छेलाई हालिँदैन। भोलि खोज्न कहाँ जाने? उहाँको यहाँ कोही छैन, कुनै उत्तरदायित्व छैन।”

अध्यक्ष ओलीले बालेन शाहले झापा–५ का लागि अहिलेसम्म उल्लेखनीय काम नगरेको आरोप लगाए। “यहाँ के गर्नुभयो र भोट हाल्ने?” भन्दै उनले बालेनको घर अगाडिको बाटो आफूले नै बनाइदिएको दाबीसमेत गरे।

उनले आफूले विभिन्न क्षेत्रमा विकासका काम गरेको उल्लेख गर्दै महोत्तरीको मटिहानी–३ बाट जनकपुर जाने बाटोमा पुल निर्माण गरिएको उदाहरण दिए। साथै, ओलीले बालेनका केही अभिव्यक्तिप्रति पनि आलोचना गरे। खोलाको छेउमा बसेका बस्ती भत्काउने, कवाडी व्यवसाय गर्नेहरूलाई काम गर्न नदिने जस्ता भनाइले जनताको रोजगारी र जीविकोपार्जनमा असर पर्ने उनको भनाइ थियो।