उज्यालो नेपाल पार्टीका ३ केन्द्रीय सदस्यले पार्टी छाडे

User Image Prime TV News एक महिना अगाडि
Image of उज्यालो नेपाल पार्टीका ३ केन्द्रीय सदस्यले पार्टी छाडे

काठमाडौ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका तीन केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टी छाड्ने घोषणा गरेका छन्।

उनीहरूले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्। उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि पार्टी भित्र आन्तरिक लोकतन्त्र कमजोर छ, विचार, विधि र प्रक्रिया अस्पष्ट छन् र पहिचानसम्बन्धी स्पष्ट एजेन्डा लिखितरूपमा छैन।

राजीनामा दिने नेताहरू पहिलेदेखि पहिचानवादी आन्दोलनमा सक्रिय थिए। डकेन्द्रसिंह थेगिम प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक रहेका थिए भने गुरुङ र अमर इजम नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध थिए। उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान नामाकरण गर्नुपर्ने अभियानको नेतृत्वमा थिए।

विज्ञप्तिमा भनिएको छ कि पार्टी छाडेपछि उनीहरूले स्वतन्त्र भएर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने योजना बनाएका छन्। उज्यालो नेपाल पार्टीभित्र डकेन्द्रसिंह थेगिम आदिबासी–जनजाति क्लष्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवारमा समावेश थिए। पार्टी गठनपछि रास्वपासँगको एकताको पछि केही नेताहरू रास्वपामा रहँदा पहिलो झटका भोगेका थिए।