सिन्धुली–२ मा टिकट विवाद: गजुरेलसहित समूह प्रचण्डसँग छलफलका लागि काठमाडौमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सिन्धुली–२ को प्रतिनिधिसभा टिकट विवाद समाधान गर्न नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेता हरिबोल गजुरेल सहितको समूहलाई काठमाडौं बोलाएका छन् ।
गजुरेलले भने, “हामी अहिले बाटोमा आउँदैछौँ। छलफलपछि थप कुरा थाहा हुन्छ।” उनीसँगै उम्मेदवार महेश्वर दाहाल, जिल्ला संयोजक पानीराज बम्जन र जिल्ला इन्चार्ज वसन्त माझी पनि काठमाडौं आएका छन्।
गजुरेलले आफ्नो अडान मजबुत रहेको बताए। उनले भने, “अगाडि जाँदा चट्टान छ, पछाडि भीर छ। त्यहाँबाट खस्ने कुरा भएन, चट्टान फोडेर भएपनि अगाडि बढ्ने हो। संयोजकलाई त्यही कुरा राख्छौं।” सिन्धुली–२ मा नेकपाका तर्फवाट राजन दाहाललाई टिकट दिइएको थियो । तर दाहालका बिरुद्ध नेकपाका नेता महेश्वर दाहालले उम्मेद्वारी दिएका थिए ।












