नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी, नेतृत्वको विषयमा बहस

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी, नेतृत्वको विषयमा बहस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानोपामा जारी छ। बैठकमा हालैको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका साथै पार्टी कार्यालयको व्यवस्थापन र समसामयिक राजनीतिक विषयहरूमा गम्भीर छलफल भइरहेको बताइएको छ । 

पार्टीभित्र पछिल्ला दिनहरूमा नेतृत्व र संरचनासम्बन्धी बहस तीव्र बनेको छ। प्रतिनिधि सभाको विघटनसँगै फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति तोकिएको सन्दर्भमा, कांग्रेसभित्र यही नेतृत्वमा चुनावमा जान उपयुक्त नहुने धारणा केही नेताहरूले व्यक्त गरिरहेका छन्। साथै उनीहरूले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका छन्।

यता, पार्टी सभापति शेरबहादुर देउवा भने जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा घाइते भई अहिले अस्पतालमा उपचाररत छन् । उपचारका कारण देउवा आजको बैठकमा सहभागी हुन सकेका छैनन् ।