फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुगि सक्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताउनुभयो । त्यस्तै समानुपातीकतर्फ डेड करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धीत जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए । बाँकी रहेका १४ वटा सामाग्रीहरु माघ महिनाको तेश्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने आयोगको भनाइ छ । गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसंग सहकार्य गरेर कारवाहीको दायरा ल्याउने काम भएको पनि आयोगले जनाएको छ ।
यसैबिच शुक्रवार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।











