नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

उनले आफूले राजीनामा दिइसकेको कुरा सेतोपाटीसँग पुष्टि गरेका छन्। पौडेलको राजीनामा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेपछि आएको हो। पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति गठन भएको थियो।

सो कार्यसमितिले भोलि केन्द्रीय कार्यालय, सानेपामा पुगेर पदभार ग्रहण गर्ने र केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम रहेको छ। पदबाट राजीनामा दिएसँगै पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना जारी गरेका छन्।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको भए पनि पौडेलले मुख्य सचिवको हैसियतमा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी लेटरप्याडमा सूचना जारी गर्दै आएका थिए। यस विषयलाई लिएर अघिल्लो समय पार्टीभित्र विरोधसमेत देखिएको थियो। पौडेल राष्ट्रिय सभा सांसदसमेत हुन्।