पशुपतिमा महाशिवरात्रि सेवा शिविरका लागि आवेदन आह्वान

User Image Prime TV News एक महिना अगाडि
Image of पशुपतिमा महाशिवरात्रि सेवा शिविरका लागि आवेदन आह्वान

काठमाडौ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि २०८२ को तयारी सुरु गर्दै सेवा शिविर सञ्चालनका लागि आवेदन आह्वान गरेको छ।

कोषले धर्म, संस्कृति, सामाजिक, शैक्षिक र औद्योगिक सङ्घ–संस्थाहरूलाई भक्तजन, साधुसन्त र तीर्थयात्रीका लागि निःशुल्क भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा र स्वयंसेवक सेवा सञ्चालन गर्न आह्वान गरेको हो।

सूचना अधिकारी अनिता भट्टका अनुसार, आवेदन पेश गर्न चाहने संस्थाले दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि र सेवाको प्रकृति, संख्या तथा सञ्चालन अवधि स्पष्ट उल्लेख गरी माघ २० गतेभित्र आवेदन दिनुपर्नेछ। समयमै आवेदन नपठाउँने संस्थालाई सेवा शिविर सञ्चालनको स्थान उपलब्ध गराइने छैन।

यस वर्षको महाशिवरात्रि पर्व फागुन ३ गते आइतबार पर्ने पञ्चाङ्गमा उल्लेख छ। कोषले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण पशुपति क्षेत्रमा पर्व सभ्य, भव्य र दिव्य ढंगले सम्पन्न गर्न सबैको सक्रिय सहभागिता अपिल गरेको छ।