राष्ट्रिय सभा निर्वाचनमा राप्रपा नजाने

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय सभा निर्वाचनमा राप्रपा नजाने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ। पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय सभा निर्वाचनबाट अलग रहने जनाएको हो।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राष्ट्रिय सभामा पार्टीको तर्फबाट कुनै पनि उम्मेदवार नरहेकाले निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो। साथै, पार्टीका सम्पूर्ण प्रतिनिधि तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने अवस्था रहेकाले यो निर्णय लिइएको उनले बताए।

“हामी अहिले पूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिरहेका छौँ,” श्रेष्ठले भने, “यही कारणले राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो।” राप्रपाको यस निर्णयसँगै राष्ट्रिय सभा निर्वाचनमा सहभागी दलहरूको संख्या घट्ने भएको छ। पार्टीले आगामी निर्वाचनमा आफ्नो शक्ति केन्द्रित गरेर अघि बढ्ने रणनीति लिएको देखिन्छ।