राष्ट्रपति रामचन्द्र पौडेलले गरे वसन्त श्रवण

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रपति रामचन्द्र पौडेलले गरे वसन्त श्रवण

काठमाडौ । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्त श्रवण गरेका छन् । उनलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रको नवसाल चोकमा परम्पराअनुसार वसन्त श्रवण गर्नुभएको हो।

वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखले हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ। सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

धार्मिक विश्वासअनुसार वसन्त पञ्चमीका दिन वसन्त श्रवण गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ। यसै दिनबाट वसन्त ऋतुको औपचारिक सुरुवात भएको मानिन्छ।