राजेन्द्र महतो भने रेशम चौधरीको उम्मेदवारी खारेजको निर्णय अस्वीकार्य छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय अस्वीकार्य भएको बताएका छन्।
महतोका अनुसार आयोगको निर्णय पूर्वाग्रही र पक्षपातपूर्ण रहेको छ। उनले भने, “नेपाल सरकारद्वारा आम माफी पाएका थुप्रै नेताहरू निर्वाचनमा भाग लिदै आएका छन्, तर चौधरीमाथि यस्तो निर्णय आउनु गम्भीर चिन्ताको विषय हो। यसले थारु, आदिवासी र मधेशी जनताको मताधिकार, प्रतिनिधित्व र आत्मसम्मानमाथि प्रहार गरेको छ।”
उनले निर्वाचन आयोगसँग तत्काल पुनर्विचार गरी चौधरीको उम्मेदवारी कायम गर्न माग गरेका छन्। निर्वाचनमा रामुपा नेपाल, जसपा र नाउपा नेपालबीच आसन्न निर्वाचनमा एकल चुनाव चिन्ह ‘जाँतो’ प्रयोग गर्ने सहमति पनि भएको छ।












