पूर्वाधार हामी आफै बनाउछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वाधार हामी आफै बनाउछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने

काठमाडौ । ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

यातायात ब्यबस्था बिभाग मिनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहेका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउदै देश निर्माण गर्ने अभियानमा एकजुट हुनुपर्ने बताए ।

उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफै बनाउछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध गरे । आन्दोलनका क्रममा करिव दुई खर्ब भन्दा बढिको क्षति भएको प्रारम्भीक अनुमान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले नेपालीहरुको श्रमदान र आर्थिक सहयोगमा पुनर्निमाण गर्न कोष खडा गरिएको जानकारी दिदै पुननिर्माणमा विदेशमा रहेका नेपालीहरुको धेरै सहयोग आवश्यक रहेको बताए ।

मन्त्री घिसिङले विदेशमा रहेका नेपालीहरुको मताधिकार, नागरिकता तथा भिसाको समस्यालाई वर्तमान सरकारले समाधान गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।