कालिकोटमा नेकपाका उम्मेद्वार जीवन बुढाले लिए उम्मेदवारी फिर्ता
Prime TV News एक महिना अगाडि 
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी कालिकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
उनी उम्मेदवारी फिर्ता लिनुको निर्णय आज भर्चुअल बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि गरेका हुन्। यसअघि बुढाले पार्टीका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका थिए।
पार्टीले आन्तरिक सहमति र निर्देशनमार्फत विवाद समाधान गर्दै यो निर्णय भएको बताएको छ। यस कदमपछि कालिकोट क्षेत्रको नेकपामा उम्मेदवारीको स्थिति स्थिर भएको छ।












