निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय लिइने छः महामन्त्री प्रदीप पौडेल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक आज सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। महामन्त्री प्रदीप पौडेलका अनुसार, बैठकमा निर्वाचन केन्द्रित ऐतिहासिक निर्णय लिइने तयारी भएको छ।
पौडेलले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, “आजको बैठकले देशभर नयाँ तरंग सिर्जना गर्ने निर्णय गर्दैछ। निर्वाचनमा कांग्रेसप्रति मत आकर्षित गर्न यस निर्णयको ठूलो भूमिका हुनेछ।”
यस बैठकमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूले सहभागी हुँदै पार्टीको आगामी निर्वाचन रणनीतिका लागि ठोस निर्णयहरू गर्ने अपेक्षा गरिएको छ। कांग्रेसको रणनीति र निर्णयले आगामी चुनावमा मतदाता मनोविज्ञानमा सकारात्मक प्रभाव पार्ने महामन्त्री पौडेलको विश्वास छ।












