डा. बाबुराम भट्टराईले गोरखा २ बाट लिए उम्मेदवारी फिर्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ क्षेत्रबाट उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।
उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरी यो निर्णय लिएका हुन्। उनले फेसबुक मार्फत नेता भट्टराईले आफ्नो उम्मेद्वारी फिर्ता लिएको जानकारी दिदै आगामी दिनमा पनि राजनीतिमा अविभावकिय भूमिका निर्वाह गर्ने बताए ।
सचिवालयका अनुसार, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, र रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अभिभावकको भूमिकामा सहजीकरण गर्न आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिने सहमति जनाएका हुन्।












