मानसिङ बिक ले उम्मेद्वारी फिर्ता लिदै, गरे रमेश मल्ललाई समर्थन

User Image Prime TV News एक महिना अगाडि
Image of मानसिङ बिक ले  उम्मेद्वारी फिर्ता लिदै, गरे रमेश मल्ललाई समर्थन

काठमाडौ । आम जनता पार्टी सल्यानका उम्मेदवार मानसिङ बिक ले उमेद्वारी फिर्ता लिएका छन् । उनले नेकपाका उम्मेद्वार रमेश मल्ललाई समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिएका हुन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा विक सहित १६ जनाको उम्मेदवारी दर्ता गरेका थिए ।

सल्यानमा मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका जिल्ला सभापति केशबहादुर विष्ट, नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह र नेपाली कम्युनिष्ट पार्टीका नेता रमेश मल्ल देखिएका छन्। विगतका निर्वाचनमा यस जिल्लामा नेकपाका उम्मेद्वार विजयी हुँदै आएका छन् ।

मल्ले स्थानीय पूर्वाधार विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधारलाई प्रमुख मुद्दा बनाउँदै युवाको सहभागिता र नयाँ सोचसहित संसदमा प्रभावकारी भूमिका खेल्ने दाबी गरेका छन्। आफ्नो उम्मेद्वारी समयको माग संगै युवाको चहाना भएको उल्लेख गर्दै  नेता मल्लले युवाको आशा र भरोसालाई सम्बोधन गर्दै पुरा नभएका कामहरुलाई आफूले जिम्मेवारी पूर्वक पूरा गर्ने बताएका छन् । 

विद्यार्थी राजनीतिबाट उठेका रमेश मल्ल तत्कालीन माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रहिसकेका छन्। उनी प्रचण्डको सचिवालयमा समेत काम गरिसकेका छन्। यो रमेश मल्लको पहिलो चुनावी प्रतिस्पर्धा हुनेछ।