४९ उम्मेदवारको उम्मेदवारी फिर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of ४९ उम्मेदवारको उम्मेदवारी फिर्ता

काठमाडौ । निर्वाचन आयोगले आजसम्म ४९ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सार्वजनिक गरेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नियमित पत्रकार सम्मेलनमार्फत् यसबारे जानकारी दिएका हुन्। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी फिर्ता लिनको लागि आज दिउँसो १० बजेदेखि १ बजेसम्म समय तोकिएको थियो।

आयोगले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्ने जनाएको छ। स्वतन्त्र उम्मेदवारले व्यक्तिगत चिह्न पाउनेछन् भने दलीय उम्मेदवारले आफ्नो दलको चिह्न पाउनेछन्। फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो।

आयोगका अनुसार, कुल ३ हजार ४८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए, जसमा ३ हजार ९० पुरुष, ३९६ महिला र १ अन्य रहेको छ। यसरी उम्मेदवारी फिर्ता र चिह्न वितरण प्रक्रियाले आगामी निर्वाचनको तयारी पूरा गर्दैछ।