रास्वपाले बोलायो केन्द्रीय समिति


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। यहि सोज ७ गते केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताएका छन् ।
रास्वपाले यहि फागुन ७, ८ र ९ गते पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । जेनजी आन्दोलन पछि प्रतिनिधिसभा विघटन गरि फागुन २१ गतेका लागि निर्वाचनको मिति तय भएसंगै महाधिवेशन के गर्ने भन्ने बिषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सरकारले आम निर्वाचनको मिति तोकेकोले रास्वपाले आफ्नो महाधिवेशन तोकिएको समयमा गर्न नसक्ने देखिएको छ । जेनजी आन्दोलन पछि रास्वपा पार्टीमा पनि पार्टी पुर्नगठनको आवाज उठ्न थालेको छ ।