उम्मेदवारी खारेजीविरुद्ध नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष चौधरीको सर्वोच्चमा रिट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रमेशलाल चौधरीले आफ्नो उम्मेदवारी दर्ता खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतले कानुनविपरीत ढंगले उम्मेदवारी रद्द गरेको दाबी गर्दै चौधरीले सो निर्णय बदर गर्न माग गरेका हुन्। उनले निर्वाचन प्रक्रिया र आफ्नो राजनीतिक अधिकारमाथि गम्भीर आघात पुगेको जिकिर गरेका छन्।
रिट निवेदनमार्फत चौधरीले आफ्नो उम्मेदवारी यथास्थितिमा कायम राख्न र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्। सर्वोच्च अदालतका अनुसार उक्त निवेदनमाथि आगामी आइतबार प्रारम्भिक सुनुवाइ हुने कार्यतालिका तय गरिएको छ।












