देश अझै संकटमा, सबै शक्ति एकैठाउँमा आउन आवश्यक छः प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of देश अझै संकटमा, सबै शक्ति एकैठाउँमा आउन आवश्यक छः प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अझै संकटमा रहेको र सम्भावित दुर्घटना टरि नसकेको बताएका छन्। उनले बलियो राष्ट्रिय शक्ति निर्माण नगरे फेरि पनि देशमा चुनौती आउन सक्ने चेतावनी दिए।

प्रचण्डले एमाले ओखलढुङ्गा कमिटीका नेताहरूलाई नेकपामा समाहित गर्दै भने, “वामपन्थी, कम्युनिष्ट र राष्ट्रवादी शक्तिहरूलाई एकैठाउँमा ल्याएर मात्र देशलाई अर्को खाल्टोमा जानबाट रोक्न सकिन्छ।” उनले एमालेका देशभक्त र वामपन्थीहरूलाई पनि राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आह्वान गरे।

नेकपामा लाखौँ जनता समाहित भइसकेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले पनि आफ्नो एजेन्डा पूरा गर्न सक्ने प्लेटफर्म नेकपा नै भएको बताए। उनले लोकतन्त्रवादी शक्तिहरूलाई पनि एउटै मोर्चामा आउन जोड दिए।