निर्वाचन आचारसंहिताका कारण कांग्रेसको सभा स्थगित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले यहि माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने तय गरेको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ।
निर्वाचन आयोगको निर्देशन तथा चुनावी आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले आयोगको निर्देशनलाई सम्मान गर्दै जिम्मेवार ढंगले कार्यक्रम रोकिएको जानकारी दिए।
उनले भने, “निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्नु हाम्रो कर्तव्य हो, त्यसैअनुसार सभा स्थगित गरिएको हो।” उनका अनुसार सभाको नयाँ मिति र कार्यक्रम तालिका राजनीतिक र प्रशासनिक अवस्थालाई हेरेर पछि सार्वजनिक गरिनेछ।
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन र संवैधानिक निकायको निर्णयप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।













