सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन प्रतितोला ३ लाख नाघ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।
मूल्य वृद्धिपछि छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार चाँदी प्रतितोला २ सय ९० रुपैयाँले बढ्दै ६ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र आन्तरिक मागको प्रभावका कारण पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको व्यवसायीहरूले बताएका छन्।













