भुसालले प्रचण्डलाई सुझाव: “रक्तरञ्जित इतिहासको महिमाको सम्झना बाँकी छ भने पछि हट्नुस्”
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड' लाई सार्वजनिक रूपमा सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा भुसालले प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन् कि पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै नेता हरिबोल गजुरेल र महेश्वर दाहाललाई गरिएको कारबाहीले पार्टीमा आएका चुनौतीका कारण कम्युनिस्ट आन्दोलनले ठूलो मूल्य तिरेको छ।
भुसालले भने, “तपाईं र तपाईंजस्ता ‘शक्तिशालीहरू’ले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरू भर्ती गर्न थाल्नुभयो, तपाईंहरुको गौरवका एक एक गजुरहरू भत्किँदै गए। त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गरिरहेको छ।”
साथै उनले प्रचण्डलाई सम्झाउँदै सुझाव दिएका छन् कि,“तपाईंमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन।”
भुसालले आफ्नो सन्देशमा प्रचण्डले गरेको कारबाहीका निर्णयहरूलाई आलोचना गर्दै भनेका छन् कि हरिबोल र महेश्वरजस्ता नेता नै प्रचण्डको गौरवका आधार बनेको तर पछिल्ला निर्णयले त्यो गौरव कमजोर भएको छ।












