राष्ट्रिय सभा सदस्य निर्वाचनः मतदान शान्तिपूर्ण, नतिजा साँझ पाँच बजे सार्वजनिक हुने

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय सभा सदस्य निर्वाचनः मतदान शान्तिपूर्ण, नतिजा साँझ पाँच बजे सार्वजनिक हुने

काठमाडौ । रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार सातै प्रदेशमा मतदान भइरहेको छ। कोशी प्रदेशको १ पद निर्विरोध भइसकेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहान ९ बजे सुरु भई ३ बजेसम्म जारी रहनेछ र त्यसपछि दुई घण्टाभित्र, अर्थात् साँझ ५ बजेभित्र नतिजा सार्वजनिक हुने छ। उनले भने, “सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।”

यस निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेका छन्। प्रदेश अनुसार कोशी प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मधेसीमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बागमतीमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीमा मतदानस्थल राखिएको छ ।

निर्वाचन कार्यवाही शान्तिपूर्ण रूपमा भइरहेको र मतपरिणाम छिट्टै आउने अपेक्षा गरिएको छ।