नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेतृत्वमा बेदुराम भुसाल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नयाँ नेता बेदुराम भुसाल नियुक्त भएका छन्।
आइतबार बसेको दलको बैठकले भुसाललाई दलको नेता बनाउने निर्णय गरेको हो। पार्टीले यससँगै प्रधान सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासालाई नियुक्त गरेको छ। पूर्व दल नेता नारायण काजी श्रेष्ठले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गर्दै दलको नेताको पदबाट राजीनामा दिएका थिए।
भुसाल अब दलको नेतृत्व सम्हाल्दै पार्टीको नीति र गतिविधि अगाडि बढाउने जिम्मेवारी पाउने भएका छन्।













