चौधरीको उम्मेदवारी खारेजी विरुद्ध कारण देखाऊ आदेश

User Image Prime TV News एक महिना अगाडि
Image of चौधरीको उम्मेदवारी खारेजी विरुद्ध कारण देखाऊ आदेश

काठमाडौ । निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरिएको हो। चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतले कानुन विपरीत आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै सो निर्णय बदर हुनुपर्ने माग गरेका छन्।

रिट निवेदनमा उनले आफ्नो उम्मेदवारी यथावत् कायम राख्नुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने अधिकार सुरक्षित गरिनुपर्ने माग समेत उल्लेख गरेका छन्। सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने विषयमा छलफल गर्न विपक्षी पक्षलाई पनि बोलाएको छ।

यस विषयमा दुवै पक्षको दलील सुनेपछि अदालतले थप आदेश दिनेछ। उम्मेदवारी खारेजीको विषय अदालत पुगेसँगै कैलाली–२ को चुनावी वातावरण थप चासोको विषय बनेको छ।