रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

User Image Prime TV News एक महिना अगाडि
Image of रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्।

लुम्बिनी प्रदेशस्थित राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यालयका अनुसार उनले ६ हजार ३०३ मतभार प्राप्त गर्दै निर्वाचन जितेकी हुन्। निर्वाचनमा लुम्बिनी प्रदेशका २८६ मतदाता सहभागी भएका थिए। तीमध्ये ७८ जना प्रदेशसभा सदस्य र २०८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख थिए।

उनीहरूले राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान गरेका थिए। रामकुमारी झाँक्रीको विजयसँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा एमालेको प्रतिनिधित्व थप मजबुत बनेको छ।