एन्फा राष्ट्रिय लिगमा एपिएफ क्लबले संकटा क्लबलाई पराजित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा एपिएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा आइतबार भएको खेलमा एपिएफले संकटालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
एपिएफको जितमा प्रदिप लामाले खेलको २९ औं मिनेट र युवराज खड्काले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए भने संकटाका तर्फबाट गणेश हमालले खेलको ८१ औं मिनेटमा सान्त्वना गोल गरेका थिए । लगातारको जितसंगै एपिएफको ९ अंक भएको छ भने संकटाको ५ अंक रहेको छ ।
त्यस्तै आइतबार नै भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी)ले लगातार तेस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा एक मात्र निर्णायक गोल आशिष गुरुङले खेलको ६७ औं मिनेटमा गरेका थिए ।
लगातारको जितसंगै एनआरटीले चार खेलबाट ९ अंक पु¥याएको छ भने समान खेल खेलेको फ्रेन्ड्सको ४ अंक रहेको छ ।













