राष्ट्रपतिद्वारा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आह्वान


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्न असफल भएपछि मुलुक आम सहमतिका माध्यमबाट संकट समाधानको बाटोमा अगाडि बढेको स्पष्ट गरेका छन्। संविधान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक गतिरोधलाई सामुहिक सहमति र संवादद्वारा हल गर्न सफल भएको बताए।
उनले यस्तो सहमति संविधानको मर्मअनुकूल मात्र नभई, लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने दिशामा पनि महत्वपूर्ण भएको बताए। राष्ट्रपतिले आगामी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी र सहकार्य गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
राजनीतिक दलहरू, प्रशासनिक निकायहरू, बौद्धिक समुदाय र आम नागरिकप्रति सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पूर्वाग्रह र आपसी द्वन्द्व त्यागेर समन्वय र सहयोगमा आधारित भएर निर्वाचन प्रक्रियालाई सफल बनाउन सबैलाई आग्रह गरे।
उनले संविधानको रक्षा र कार्यान्वयनमा सबै पक्षको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा दलहरूबीच सहकार्यको भावना अत्यन्त आवश्यक भएको बताए। राजनीतिक स्थायित्व, सुशासन, र जनताप्रति उत्तरदायी शासन प्रणाली स्थापनाका लागि समयमै निर्वाचन सम्पन्न गर्नु अपरिहार्य बनेकाे पनि राष्ट्रपति पौड्लको भनाई थियो ।